उम्मेदवारी दर्ता गराउन उद्योगमन्त्री बडू गृहजिल्ला दार्चुला प्रस्थान

काठमाडौँ – उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दिलेन्द्र प्रसाद बडू उम्मेदवारी दर्ता गराउन गृह जिल्ला दार्चुला प्रस्थान गरेका छन् । उद्योग मन्त्री बडू शुक्रबार काठमाडौँ बाट दार्चुला प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ । नेपाली काँग्रेसले मन्त्री बडूलाई दार्चुलाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ । बडू २०४८ साल यता केन्द्रीय राजनीतिमा प्रभावशाली नेताका रुपमा चिनिन्छन् । २०४८ सालको आम निर्वाचनबाट दार्चुलादेखि संसदको यात्रा तय गरेका बडू यस पटकपनि संसद छिर्न दार्चुलाबाट उम्मेदवार बनेका छन् । यस अघि बडूले २०४८ र २०५६ सालमा दार्चुलाबाट प्रत्यक्ष निर्वाचन जितेका छन् भने २०७४ सालमा समाुनपातिक निर्वाचन प्रणाली मार्फत संसद छिरेका उनी यस पटक भने प्रत्यक्ष निर्वाचन लड्दै छन् । बडू २०५१ सालमा नेकपा एमालेका प्रेमसिंह धामी सँग पराजित भएका थिए भने, २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा माओवादीका लक्ष्मण जोशी सँग पराजित भएका थिए । यस्तै २०७० सालको संंविधान सभा निर्वाचनमा नेकपा एमालेका गणेशसिंह ठगुन्ना सँग पराजित भएका थिए । यस पटक पुनः बडू र ठगुन्नाबीच प्रचिस्पर्धा हुने भएको छ । असाेज २३ गते निर्वाचन आयाेगले देशभरी उम्मेदवारी दर्ता गराउने कार्यक्रम राखेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार