एमाले नेता रावलले टिकट नपाउने, झपट बोहोराले टिकट पाउने

काठमाडौं – नेकपा एमालेका नेता भीम रावलले टिकट नपाउने भएका छन् । एमाले स्रोतका अनुसार, अछाम–१ बाट झपट बोहोरालाई टिकट दिइएको छ ।

‘झपट बोहोराको नाम टुंगिएको छ, अब यही नाम अन्तिम होला’, स्रोतले भन्यो । नेकपा माओवादी केन्द्र छोडेर आएका बोहोरा एमाले केन्द्रीय सदस्य एवम् अछाम इन्चार्ज छन् । अध्यक्ष केपी शर्मा ओलीले तिनै बोहोरालाई उम्मेदवार बनाउने निर्णय सुनाएका हुन् ।

Dengue

एमालेले टिकट वितरणको अधिकार अध्यक्ष ओलीलाई दिएको छ । त्यसै अनुसार, ओलीले टिकट फाइनल गरेका हुन् । अछाम जिल्ला कमिटीले भने भीम रावललाई सर्वसहमत एकल सिफारिस गरेको थियो । दशबुँदे गरी एमालेमै बसेका रावल पूर्व उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री हुन् । उनले गएको वर्ष मंसिरमा सम्पन्न एमालेको दशौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा ओलीसँग प्रतिश्पर्धा गरेका थिए । सुदूरपश्चिमकै उच्च तहका नेता रावललाई जिल्ला कमिटीले गएको २९ भदौमा प्रतिनिधिसभा सदस्य उम्मेदवारका लागि एकल सिफारिस गरेको थियो । अछाम–२ बाट यज्ञ बोगटीले प्रतिनिधिसभा सदस्यको टिकट पाएका छन् । बोगटीको नाम पनि एकल रुपमा सिफारिस भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार