प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक, कुन दिन के?

काठमाडौँ – निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभाका लागि प्रत्यक्षतर्फको निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सामाजिक सञ्जालमार्फत् दिएको जानकारीअनुसार उम्मेदवारको मनोनयनपत्र दर्ता गर्न यही असोज २३ गते आइतबार बिहान १० देखि साँझ ५ बजेसम्म समय तोकिएको छ। मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची त्यसै दिन ५ बजेदेखि ७ बजेसम्म प्रकाशन गरिनेछ। सूची सार्वजनिक भएपछि उम्मेदवारको विरोधमा उजुरी दिन असोज २४ गते सोमबार बिहान १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ।

त्यसपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने प्रक्रिया सुरू हुनेछ। यसका लागि निर्वाचन आयोगले असोज २४ गते अपराह्न ३ बजेदेखि २५ गते अपराह्न ५ बजेसम्मको समय निर्धारण गरेको छ। जाँचबुझ गरी निर्णय गरेपछि असोज २५ गते अपराह्न ५ देखि साँझ ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ।

उम्मेदवारको नाम फिर्ता लिन असोज २६ गते बिहान १० देखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ। यसअनुसार असोज २६ गते नै दिउँसो १ बजेदेखि अपराह्न ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ भने त्यसै दिन ४ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। मतदान मंसिर ४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने निर्वाचन आयोगले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार