पाँचदलीय गठबन्धनबाट जसपा बाहिरिने संकेत

काठमाडौँ – जनता समाजवादी पार्टी नेपालले पाँच दलीय गठबन्धनबाट बाहिरिने संकेत देखाएको छ । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकले सो संकेत देखाएको हो । बैठकपछि पार्टीका प्रवक्ता मनिष सुमनले प्रेस नोट जारी गर्दै गठबन्धनमा सिटको बाँडफाँट सम्बन्धी छलफलमा जसपाका लागि सन्तोषजनक अवस्था नदेखिएको बताएका छन् ।

‘छलफलमा सन्तोषजनक अवस्था नदेखिएको हुँदा गठबन्धनको विकल्पमा अन्य राजनीतिक दलसँग पनि चुनावी तालमेलका लागि छलफल गर्ने निर्णय बैठकले गरेको छ’ जारी प्रेस नोटमा भनिएको छ । यदि कुनै दलसँग तालमेल हुन नसके जसपा नेपाल एक्लै पनि चुनावमा जाने निर्णय भएको उनले जानकारी दिएका छन् ।

Dengue

 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार