सुनौलो भविष्य नेपालद्धारा कैलारीमा संचालन जल जंगल परियोजना सम्पन्न

धनगढी : सुनौलो भविष्य नेपालद्धारा कैलारी गाउँपालिकामा संचालनमा रहेको जल जंगल परियोजना सम्पन्नबारे कार्यशाला गोष्ठि गरिएको छ ।

सुनौलो भविष्य नेपालकी कार्यबाहक अध्यक्ष जमुना भण्डारीको अध्यक्षतामा भएको कार्यशालाको सुदूरपश्चिम प्रदेश सभा सदस्य तुलसी देवकोटाले समुदघाटन गरिन् । सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य देवकोटाले सामुदायिक वनकै कारण अहिले कैलाली–कंचनपुरमा वनको संरक्षण भइरहेको बताइन ।

गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरीले वन संरक्षणका लागि स्थानीय तहबाट पहल भइरहेको बताइन ।सामुदायिक वनका पदाधिकारीले वन संरक्षणका लागि स्थानीय तहले बजेट विनियोजन गर्नपर्ने बताए ।परियोजना सम्पन्न गोष्ठीमा कैलारी गाउँपालिकाका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनितिकदलका प्रतिनिधि , पत्रकार र सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

परियोजना अवधि भित्र जल जंगल संरक्षणका क्षेत्रका गरेका संस्थाले गरेका कार्य प्रगतिका सम्बन्धमा सुनौलो भविष्य नेपालका महा-सचिव डण्डीराज सुवेदीले जानकारी गराएका थिएका । गोष्ठीमा स्वागत मनतब्य राख्दै सुनौलो भविष्य नेपालका कोषाध्यक्ष यादव भण्डारीले परियोजनाले वन जंगल संरक्षण गर्न विभिन्न नदी तटीय क्षेत्र, सामुदायिक वनहरुमा वृक्षारोपणका साथै चेतना मूलक गोष्ठी संचालन गरिको बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार