कैलालीको टीकापुरमा बिल महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेपछि…

कैलाली : नेपाल विद्युत् प्राधिकरण टीकापुर वितरण केन्द्रले बिल जारी भएको ६० दिनसम्म पनि महसुल नबुझाउने ग्राहकको लाइन काटन थालेपछि महसुल तिर्ने बढेका छन् ।

टीकापुर वितरण केन्द्रका प्रमुख कपिल जोशीका अनुसार पछिल्लो चार दिनमा १३२ जनाको लाइन काटिएको छ भने ८१ जनाको लाइन जोडिएको छ । पटक पटक जानकारी गराउँदा पनि महसुल नतिर्ने, अटेर गर्ने ग्राहकको लाइन काटिएको हो ।

काटिएका लाइन जोड्दा ६७ हजार ८०१ रुपियाँ र महसुलबापत सात लाख १० हजार रुपियाँ असुल भएको छ । टीकापुर वितरण केन्द्रले एक हजार ९५२ उपभोक्ताबाट छ करोड रुपियाँभन्दा बढी बक्यौता उठाउन बाँकी रहेको छ । टीकापुर वितरण केन्द्रमातहतमा टीकापुर, दुर्गौली, लम्की, चिसापानीलगायतका क्षेत्र पर्दछन् ।

“पुस ११ देखि विद्युत् महसुल नतिर्नेको लाइन निरन्तर काट्न थालिएको छ,” टीकापुर वितरण केन्द्रका प्रमुख जोशीले भन्नुभयो, “जिम्मेवार भएर शुल्क बुझाउनुस्, यसबाट प्राधिकरण र ग्राहक दुवैको हित हुन्छ, लाइन काटिसकेपछि पुनः जोड्दा उपभोक्तालाई ८४७ रुपियाँ ५० पैसा पर्छ, प्राधिकरणलाई काम थपिन्छ ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार