धनगढीको फूलबारीमा लोक साँस्कृतिक तथा डेउडा महोत्सव हुने

धनगढी : कैलालीको धनगढीस्थीत फूलवारीमा सुदुरपश्चिम लोक साँस्कृतिक तथा डेउडा महोत्सव हुने भएको छ । सुदुरपश्चिम प्रज्ञा–प्रतिष्ठान र सुदूरपश्चिम लोक सांस्कृतिक समाज, फूलवारीको संयुक्त आयोजनामा यहि पुष २३ देखि २७ गते सम्म सुदुरपश्चिम लोक सांस्कृतिक महोत्सव फूलबारी हुन लागेको पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो । 

संस्कृति र सुसंस्कार संरक्षण गर्ने सम्बन्धमा भुवा पर्वको अवसर पारी लोक संस्कृति, परम्पराको संरक्षण र प्रवर्धन गर्न प्रदेश स्तरीय डेउडा कार्यक्रम, भुवो, पञ्चेवाजा, सखिया, झुम्रा, लोकदोहोरी, मारुनी, तामाङसेली र चर्चित राष्ट्रिय डेउडीया कलाकारका सागीँतिक प्रस्तुति लगायत विविध सँस्कृति झल्किने आकर्षक कार्यक्रम गरीने बताइएको छ।

महोत्सवका लागी डेउडा पारखी तथा डेउडीयाहरु एवं लोक दोहारी कलाकारलाई आफ्नो समुह दर्ता गर्न र सँस्कृतिप्रेमिहरुलाई फुलबारीमा उपस्थितिका लागि अनुरोध गरिएको सुदूरपश्चिम लोक सांस्कृतिक समाज, फूलबारीका अध्यश्र तिलक बहादुर ओलीले बताए ।

खुल्ला डेउडा कार्यक्रम अन्तरगत सदरपश्चिमका ९ वटै जिल्लाका तथा अन्य प्रदेश तथा जिल्लाबाट आउने महिला तथा पुरुष डेउडीया कलाकारको सहभागिता रहनेछ । डेउडामा पुरुस समुहले दौरा सुरुवाल र महिला समुहले गुन्यचोली वा संस्कृति सुहाउँँदो अन्य पहिरनको एकरुपतालाई प्राथमिकता दिइनेछ ।

कलाकारलाई सम्मान एवं उचित पुरुस्कारको व्यवस्था, डेउडा तथा लोक दोहोरी सहभागी मध्ये सर्वोत्कृष्ट टिम एवं श्रस्टाको उचित सम्मान तथा पुरस्कारका व्यवस्था गरिने सुदूरपश्चिम लोक सांस्कृतिक समाज, फूलबारीका अध्यश्र ओलीले बताए। पुस १८ देखि २३ गते बेलुका ४ बजेसम्म सस्थाको फेसबुक पेज, सदरपश्चिम लोकसाँस्कृतिक पेजमा वा सम्पर्क गरि उपस्थित भइ डेउडा समूह दर्ता गर्न सकिने र दर्ता भएका समुहको पुस २३ गते विहान १० बजे गोलाप्रथावाट खेल तालिका सार्वजनिक गरिनेछ। डेउडा खेल पुस २३ गते देखि नै खेलाइने छ ।

आयोजकका सुदुर पश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा।टी।एन जोशीले मौलिकता प्रदर्शन गर्न प्रज्ञा–प्रतिष्ठानले सहयोग गरेको बताए । विभिन्न समुहवाट पञ्चेवाजा प्रदर्शन, भुवा महोत्सव अवधिमा दैनिक विभिन्न समुहवाट भुवा प्रदर्शन, मगर समुदायका मारुनी, चौधरी, राना समुदायका संस्कृति झल्किने प्रस्तुत्ति सखिया, थारू नाथ, तामाङसेनी लगायत साँस्कृतिक प्रस्तुति प्रदर्शनमा सहभागी मध्येउत्कृष्टलाई सम्मानित प्रोत्साहन गरिने उनले बताए ।

महोत्सवलाई मध्यनजर गरि यात्रुलाई विहान तथा साँझ पनि आवत जावतमा सहजताका लागी धनगढी देखि फुलवारी बस सेवा सुचारू गरिएको छ । महोत्सव प्रवेस निःशुल्क गरिइएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार