लागूऔषधसहित धनगढीबाट २ जना पक्राउ

धनगढी : कैलालीको धनगढीबाट लागूऔषधसहित २ जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–३ त्रिनगर पुल नजिकबाट गोदावरी नगरपालिका–३ बस्ने २७ वर्षीय दिपक सुवेदी पक्राउ परेका हुन्। सुवेदीलाई ५९० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)सहित जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

यस्तै धनगढी उपमहानगरपालिका–३ मिलन चोकबाट सोही ठाउँ बस्ने २१ वर्षीय निराजन बिष्ट पक्राउ परेका छन्। बिष्टलाई ११० मिलिग्राम खैरो हेरोइनसहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार