धनगढीमा सम्पन्न शैक्षिक महोत्सव २०८१ मा थ्री स्टार बोर्डिङ स्कुल ३ विधाबाट पुरस्कृत

धनगढी : धनगढीमा सम्पन्न भएको ९ औं बृहत राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सव २०८१ मा थ्री स्टार बोर्डिङ स्कुल ३ विधाबाट पुरस्कृत भएको छ । “सामाजिक रुपान्तरणका लागि, शिक्षामा नया अभियान” भन्ने मुल नाराका साथ पौष ९ देखि १५ गतेसम्म नेपाल स्टेसनरी तथा पुस्तक व्यवसायी संघ कैलालीद्वारा आयोजित उक्त महोत्सवका विभिन्न प्रतियोगीतामा उत्कृष्ट हुँदै थ्री स्टारमा अध्ययनरत विद्यार्थीहरु पुरस्कृत भएका थ्री स्टार बोर्डिङ स्कुलकी प्रधानाध्यापक मिरा आचार्यले जानकारी दिइन् ।

शैक्षिक महोत्सवमा थ्री स्टारका विज्ञान कठायत धनगढी उपमहानगरपालिकाद्वारा संचालित २०८० सालको आधारभूत तहको अन्तिम परिक्षामा ३.९७ GPA प्राप्त गरी प्रथम स्थान ओगटेकोमा सम्मानित भए भने, शैक्षिक महोत्सवमै आयोजना गरीएको मावि स्तरीय चित्रकला प्रतियोगितामा द्वितीय स्थान हासिल गरी कक्षा १० मा अध्ययनरत रेखा ओझा नगद १० हजार सहित पुरस्कृत भइन् ।

SHIKHAR COOL TECH

यस्तै ४० विद्यालयलाई नृत्य प्रतियोगीतामा हराउँदै थ्री स्टारमा कक्षा ४ र ५ अध्ययनरत छात्र छात्रा प्रथम स्थान हासिल गरी नगद १५ हजार प्राप्त गर्न सफल भए । थ्री स्टार बोर्डिङ स्कुलले पढाइसँगै अतिरिक्त क्रियाकलापमा समेत उत्तिकै महत्व दिने र विद्यार्थीहरुलाई समेत बेलाबेला थप प्रोत्साहन गरी रहेको प्रधानाध्यापक आचार्यले बताइन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार