छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते

धनगढी : कैलालीमा छुट्टाछुट्टै दुर्घटनामा ६ जना घाइते भएका छन् । मोहन्याल गाउँपालिका, जोशीपुुर गाउँपालिका, घोडाघोडी नगरपालिका र धनगढी उपमहानगरपालिकामा भएका सवारी दुर्घटनामा ६ जना घाइते भएको प्रहरीले जनाएको छ ।

मोहन्याल गाउँपालिका–३ को फल्लेबिसौनामा २७ वर्षीय विकास सुनारले चलाएको म १ ह ८५४ अटो र विपरीत दिशाबाट आइरहेको जोशीपुर गाउँपालिका–४ बस्ने २२ वर्षीय प्रविन चौधरीले चलाएको सुपप्र०१००९प४०५३ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो ।

Seti Hospital

उक्त दुुर्घटनामा मोटरसाइकल चालक र अटोमा सवार मोहन्याल गाउँपालिका–३ बस्ने २० वर्षीया बिमला पुनमगर घाइते छन् । यस्तै, जोशीपुर गाउँपालिका–१ को पिके नर्सरी नजिकै जोशीपुर बजारतर्फ आइरहेको १८ वर्षीय ज्ञानेन्द्र कठरीयाले चलाएको से ५ प२४०५ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको छ ।

पैदल यात्री जोशिपुर–१ बस्ने ४७ वर्षीय दिलबहादुर चौधरीलाई मोटरसाइलकको ठक्करबाट घाइते भएका छन् ।उनको स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । घोडाघोडी नगरपालिका–१ का २८ वर्षीय साजन चौधरीले चलाएको से २प ६८५७ नम्बरको मोटरसाइकलले पैदल यात्रीलाई ठक्कर दिएको छ ।

पैदल यात्री सोही ठाउँ बस्ने ५५ वर्षीय रनबहादुर जैशी मोटरसाइकलको ठक्करबाट घाइते छन् । टाउकोमा चोट लागेका जैशीको कोहलपुुर मेडिकल कलेजमा उपचार भइरहेको छ । धनगढी उपमहानगरपालिका–१ को शिवनगर चोकमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किदा दुवैका चालक घाइते छन् ।

कैलारी गाउँपालिका–२८ वर्षीय शनि चौधरीले चलाएको से५प २४०१ र धनगढी–१५ बस्ने ३९ वर्षीय अमर चौधरीले चलाएको सुपप्र०१०११प२३०२ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका थिए । दुवै जना चालक घाइते छन् । उनीहरुको धनगढीमै उपचार भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार