धनगढीका अमर गेटामा बेहोस् !

धनगढी : कैलालीमा मादक पदार्थ सेवन गरेको अवस्थामा बेहोस् भेटिएका एक जनालाई अस्पताल भर्ना गरिएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ५ को गेटामा सोमबार साँझ धनगढी उपमहानगपालिका वडा नम्बर ६ बस्ने अमरबहादुर सफारी बेहोस् अवस्थामा फेला परेका थिए।

SHIKHAR COOL TECH

मादक पदार्थ सेवन गरेको अवस्थामा बेहोेस् भेटिएका उनको निसर्ग अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अहिले भने साफरी होसमा आइसकेका छन् तर उपचार जारी छ। यस्तै कैलालीमा एक युवतीले घरको छतबाट हाम फालेकी छन्।

लम्कीचुहा नगरपालिका–६ बस्ने भगवती चौधरीको १७ वर्षीया छोरी मंगलाले सोमबार साँझ साढे ८ बजे घरको छतबाट हाम फालेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) कबिन्द्रसिंह बोहराले आमासँग विवाद भएपछि चौधरीले छतबाट हाम फालेको पाइएको बताए। घाइते अवस्थामा उद्दार गरिएकी मंगलाको कोहलपुुर मेडिकल कलेजमा उपचार भइरहेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार