धनगढीको खुल्लामञ्चमा भुवा पर्वको रौनक

धनगढी : सुदूरपश्चिममा आजदेखि भुवा पर्व सुरु भएको छ । ऐतिहासिक महत्त्व रहेको भुवा पर्व प्रदेशको पहाडी जिल्लामा सुरु भएको हो । उक्त पर्व कैलालीको धनगढीमा पनि तीन दिनसम्म मनाइने भएको छ । धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउन लागेको हो । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको छ ।

हाल लोपोन्मुख अवस्थामा रहेको भुवा पर्वको ऐतिहासिक, सांस्कृतिक महत्त्व रहेको छ । यो प्राचीनकालीन युद्धको भाका पनि हो । जसमा कौशलताको प्रदर्शनी गरिन्छ । जसको आफ्नै मौलिक विशेषता रहेको छ । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वास रहँदै आएको छ ।

khadya

सोही लडाइँको सम्झनामा तथा पाण्डवहरुको जीतको खुसीयालीमा पर्व मनाउन थालिएको हो । बझाङ सेवा समितीका अध्यक्ष जनक बहादुर सिंहले बताए । पुसे औँसीको अघिल्लो मध्यरातबाट सुरु हुने भुवा महाभारतको पाण्डव र कौरवबिचको युद्धदेखि यो पर्व आरम्भ भएको जनविश्वासमा यो पर्व मनाउँने प्रचरन रहदै आएको जानकारी दिए ।

धनगढीमा बाजुरेली सेवा समाजले भुवा पर्व मनाउदै आएको छ । भूवा पर्व धनगढी उपमहानगरपालिका–१ खुल्ला मञ्चमा शुरु भएको बावुरेली समाजका अध्यक्ष बजिरसिंह धामीले बताए । उनका अनुसार भुवा पर्वमा प्रदर्शनीसँगै प्रतियोगिता पनि आयोजना गरिएको छ । प्रतियोगितामा सुदूरपश्चिमका तराईका जिल्लामा बसोबास गर्दै आएका बाजुरा तथा बझाङका नागरिकहरूका विभिन्न समूहको बिचमा प्रतिस्पर्धा गरिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार