टीकापुरस्थित जेसीजको अध्यक्षमा भण्डारी सर्वसम्मत चयन

टीकापुर : कैलालीको टीकापुरस्थित सामाजिक संस्था टीकापुर जेसीज वर्ष २०२५ का लागि अध्यक्षमा भरत भण्डारी सर्वसम्मत चयन भएका छन् । निर्वाचन समितिका संयोजक एवं टीकापुर जेसिजका पूर्व अध्यक्ष लक्ष्मण थापाले दिएको  जानकारी अध्यक्षमा भण्डारी सर्वसम्मत चयन भएका हुन् । 

एक वर्षे कार्यकालका लागि चयन हुने जेसिजको कार्यकारी उपाध्यक्षमा पदम बहादुर शाही र टेकेन्द्र सिंह विष्ट ९मानस० सर्वसम्मत चयन भएका छन् । समितिको कानुनी सल्लाहकारमा कमलराज सुवेदी, महासचिवमा भानुभक्त जैशी र कोषाध्यक्षमा चक्र चन्द सोडारी समेत सर्वसम्मत चयन भएको संयोजक थापाले जानकारी दिए । 

Seti Hospital

त्यस्तै समितिको उपाध्यक्षहरुमा सुमित रावल, लिखराम चौधरी, सुनिल चौधरी, गालब विष्ट, अध्यक्ष सल्लाकारमा प्रकाश शाह र जनसम्पर्क अधिकारीमा झलनाथ खनाल चयन भएका हुन् । अध्यक्षमा निर्वाचित भण्डारी टीकापुर जेसिजका वर्तमान महासचिव हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार