मेयर हमाल भेट्न निवासमै पुगे पूर्वप्रधानमन्त्री देखि मुख्यमन्त्रीसम्म (फोटो फिचर)

धनगढी । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको छ । मंसिर २१ गते मेयर हमाललाई मष्तिष्कको पक्षाघात भएपछि धनगढीको माया मेट्रो अस्पताल हुँदै भारतको दिल्लीस्थित म्याक्स सुपरस्पिसियालिटी हस्पिटलमा उपचार गरिएको थियो ।

१६ दिन उपचार गराएपछि एक साताअघि उनी धनगढी फर्किएका थिए । हाल धनगढीस्थित आफ्नै घरमा चिकित्सकको निगरानीमा रहेका हमाल सामान्य बोलचाल गर्न र सहयोगीको सहारामा हिडडुल गर्न थालेका छन् ।

khadya

उनलाई भेटेर स्वास्थ्य अवस्था बुझ्न र स्वास्थ्य लाभको कामना गर्न दैनिक सयौंको घुुइचो लाग्ने गरेको छ । शनिबार हमालको निवासमै पुगेर पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहाल प्रचण्डले भेटघाट गरि स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

May be an image of 12 people and text

दाहालसंगै पूर्वशिक्षा विज्ञान तथा प्रविधिमन्त्री एवं माओवादी केन्द्रका उपमहासचिव गिरीराजमणि पोखरेल, राष्ट्रियसभा सदस्य हरिराम चौधरी, सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री त्रिलोचन भट्ट, पूर्वसामाजिक विकास मन्त्री ओमबिक्रम भाट, पूर्वउद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी लगायतका नेताहरु पनि हमालको स्वास्थ्य अवस्था बुझ्न निवासमा पुगेका थिए । 

यस्तै शनिबार नै परराष्ट्रमन्त्री आरजु राणा देउवाले पनि हमालको निवासमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी छिन् । राणासंगै वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही, मुख्यमन्त्री कमलबहादुर शाह, पूर्वमन्त्री प्रकाश देउवा पनि हमाल निवासमा पुगेका थिए ।

May be an image of 10 people, table and chess

यस्तै, प्रधान सेनापति अशोकराज सिग्देलले समेत हमालसंग भेटघाट गरेका छन् । 

May be an image of 2 people, chess and text

नगरप्रमुख हमालको स्वास्थ्य अवस्था बुुझ्न चर्चित भारतीय टेलिश्रृखला ‘महाभारत’ मा कृष्णको भूमिका निर्वाह गरेका अभिनेता नीतिश भारद्धाज पनि उनको निवासमा पुुगेका छन् । 

May be an image of 8 people, temple and text

हमाललाई स्वास्थ्य लाभको कामना गर्नका लागि सर्वसाधारणको पनि दैनिक घुइँचो लाग्ने गरेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Bhetenari ADD

समबन्धित समाचार