कैलालीमा बहुविवाह बढ्दो, १०३ पूरुषले गरे दोस्रो विवाह

धनगढीः कैलालीमा बहुविवाह गर्नेक्रम अझै रोकिएको छैन। दोस्रो विवाह गर्न नपाइने कानुनी व्यवस्था हुँदैहुदै पनि घरकी श्रीमतीलाई परित्याग गर्दै दोस्रो विवाह गर्नेक्रम जारी नै रहेको पाइएको छ।

कैलालीमा एक सय ३ जना पुरुषले दोस्रो विवाह गरेका छन्। यो प्रहरीमा परेको उजुरीको संख्या मात्र हो। दोस्रो विवाह गरेर समाजमै मिलाउने र दोस्रो विवाह गरेर गुपचुपमा बस्नेको भने कुनै लेखाजोखा नै छैन। कानुनले बहुविवाहलाई बन्देज गरेको थाहा हुँदाहुँदै पनि दोस्रो विवाह गर्नेको संख्या बढेको हो।

SHIKHAR COOL TECH

मुलुकी अपराध संहिताको दफा १७५ को १ ले विवाहित पुरुषले वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा अर्को विवाह गर्न हुदैन भनेको छ। सोही दफाको उपदफा २ मा कुनै पुरुष विवाहित हो भन्ने जानीजानी त्यस्तो पुरूषसँग कुनै महिलाले विवाह गर्नुहुँदैन भन्ने कानुनी व्यस्था छ। उक्त कानुन मिचेमा दफा १७५ कै उपदफा ४ अनुसार एक वर्षदेखि पाँच वर्षसम्म कैद र १० हजारदेखि ५० हजारसम्म जरिबाना हुने व्यवस्था छ।

तर यस्तो कानुनी व्यवस्था हुँदाहूँदै पनि तीन वर्षको अवधिमा एक सय ३ जना पुरुषले दोस्रो विवाह गरेको भन्दै पीडित महिलाहरुले प्रहरीमा कारबाहीको माग गर्दै निवेदन नै दर्ता गराएका छन्। प्रहरी कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७८र७९ मा ४१, २०७९र८० मा ३४ र आर्थिक वर्ष २०८०र८१ मा २८ वटा बहुविवाहका मुद्दा दर्ता भएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार