कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरमा अवैध सामान बरामद गरिएको छ ।

दुबै जिल्लाका विभिन्न स्थानमा प्रहरीले अवैध सामान बरामद गरेको हो बिहीबार कैलालीको धनगढी-२ सिसा पोष्ट र धनगढी-१० भैसीघाटबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी ४० हजार ९६ मूल्यको चिनी, मिश्री, बिडी, सुर्ती, प्रेसर कुकर, किराना लगायतका सामान जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको बताएको छ ।

SHIKHAR COOL TECH

बिहीबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका(१० भन्सार कार्यालय नजिक र भीमदत्त(११ भुजेलाबाट अवैध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख ९३, हजार १०० मूल्यको चिनी, मिश्री, मटर, खानेतेल, हार्डवेयर, किराना लगायतका सामानहरु इलाका प्रहरी कार्यालय गड्डाचौकी, कञ्चनपुरबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाइएको बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार