हुम्ला : हुम्लामा हिउँ पर्न थालेपछि विद्यार्थीहरु हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि केही दिनदेखि विद्यार्थीहरु कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् ।
सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले कक्षाभित्र चिसो हुने भएकाले बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको जनाएको छ ।
विद्यालयले चौरमा बालविकासदेखि कक्षा १० सम्मका झण्डै ३०० विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरिरहेको छ ।




प्रतिक्रिया दिनुहोस्