हुम्लाका विद्यार्थीहरु हिउँमै बसेर पढ्दै !

हुम्ला : हुम्लामा हिउँ पर्न थालेपछि विद्यार्थीहरु हिउँमै बसेर पढिरहेका छन् । हिउँ परेर चिसो अत्यधिक बढेपछि केही दिनदेखि विद्यार्थीहरु कोठा बाहिर हिउँमै घामताप्दै पढिरहेका हुन् ।

सिमकोट गाउँपालिका–७ को डाँडाफया गाउँको कैलाश माध्यमिक विद्यालयले कक्षाभित्र चिसो हुने भएकाले बाहिर हिउँ जमेको चौरमै पठनपाठन गर्नुपरेको जनाएको छ ।

विद्यालयले चौरमा बालविकासदेखि कक्षा १० सम्मका झण्डै ३०० विद्यार्थीलाई राखेर पढाइ सञ्चालन गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार