कैलालीको गौरीगंगाका १५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

धनगढी : कैलालीको गौरीगंगा नगरपालिका–२ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा बुधबार सिबिन नेपाल कैलालीले शैक्षिक सामग्री वितरण गरेको हो। आर्थिक अवस्था कमजोर भइ विद्यालय जान नसक्ने, एकल घरपरिवारका छोराछोरी, जेहेन्दार र अनाथ बालबालिकालाई विद्यालय पोसाक, झोला र स्टेसनरी सामाग्री वितरण गरिएको थियो।

कार्यक्रममा सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले न्यून आय भएका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार