मुम्बई : बहुप्रतितिक्ष दक्षिण भारतीय फिल्म पुष्पा २ ले अहिलेसम्मका सबै रेकर्ड तोड्न थालेको छ । ५ डिसेम्बरमा विश्वभर एकसाथ रिलिज यो फिल्ममा अल्लु अर्जुन, रश्मिका मन्दाना र फहाद फासिलको अभिनय हेर्न पाइन्छ ।
पुष्पा २ अहिले भारत र नेपालसहित विश्वभरका सिनेमा हलमा लागिसकेको छ । जहाँ फिल्म विश्लेषकहरूले यस फिल्मको प्रशंसा गर्दै पैसा पूरा चुक्ता गर्ने बताएका छन् ।
बक्स अफिसमा पनि पुष्पाले रेकर्डतोड कमाइ गर्न थालेको छ । पहिलो दिनको कमाइको कुरा गर्ने हो भने केवल तेलुगुको मात्रै नभएर हिन्दीमा पनि अनेक रेकर्ड बनाएको छ । यस फिल्मले शाहरूख खान अभिनित जवानलाई पनि पछि पार्दै अहिलेसम्मकै सबैभन्दा धेरै ओपनर गर्ने फिल्म बनेको छ ।
बक्स अफिस ट्र्याकर स्याकनिल्कको शुरूवाती आँकडाअनुसार, पुष्पा २ ले पहिलो दिन भारतमा १६५ करोड कमाएको छ । उता तेलुगुमा भने यो फिल्म एक दिन पहिले रिलिज भएको थियो ।
भारतमा पुष्पा २ को पहिलो दिनको समग्र कमाई १ अर्ब ७५ करोड १० लाख रुपैयाँ भएको छ । जसमा ९५.१ करोड तेलुगुमा, ६७ करोड हिन्दीमा, ७ करोड तमिलमा, कन्नडमा १ करोड र मलयालममा ५ करोड यो फिल्मले कमाएको छ ।
यसका अलावा फिल्म विश्लेषक मनोबाला विजयाबालनले एक्समा एक ट्वीट शेयर गर्दै टलिउडले बलिउडलाई पछारिदिएको बताएका छन् ।
पुष्पा २ को हिन्दी भर्जनले ६५.३५ करोडको नेट कलेक्शनसहित जवान हिन्दीको १ दिनको बक्स अफिसलाई पछि पार्दै सबैभन्दा कमाइ गर्ने फिल्म बनेको हो ।
प्रतिक्रिया दिनुहोस्