धनगढी : कैलाली बहुमुखी क्याम्पसबाट टियु टप गर्न सफल धरणीधर भट्टलाई नेपाल विद्यार्थी सङ्घ कैलालीले सम्मान गरेको छ। कैलाली बहुमुखी क्याम्पसबाट अध्ययन गरी त्रिभुवन विश्वविद्यालयले लिएको परीक्षामा नेपालभरिकै उत्कृष्ट बनेकोमा आज एक कार्यक्रमको आयोजना गरी नेवी सङ्घ कैलालीले उनलाई सम्मान गरेको हो।
नेवि सङ्घ कैलालीका सभापति मनिष कुँवरको सभापतित्वमा सञ्चालन भएको कार्यक्रममा नेपाली कांग्रेस कैलाली क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडाल रहेका थिए। कार्यक्रममा टपर भट्टलाई। सम्मानपत्र सहित नेपाल राष्ट्र बैंकको अफिसर तयारी किताब हस्तान्तरण गरिएको थियो।
उक्त कार्यक्रममा बोल्दै नेपाली कांग्रेस क्षेत्र नम्बर ५ का क्षेत्रीय सभापति भीम पडालले टपर भट्टलाई बधाई दिँदै पछिल्लो समयका युवा पुस्ताका लागि उनी प्रेरणाका स्रोत रहेको र आगामी दिनमा समेत यस्तै लगनशील भएर अगाडि बढ्न र युवाको हौसला थप्ने काममा सरिक हुन सुझाव दिएका छन् । साथै नेपाली कांग्रेस पार्टी र नेवी सङ्घको तर्फबाट हुने सम्पूर्ण सहयोग धरणीधरलाई रहने उनले व्यक्त गरेका छन् ।
त्यस्तै कार्यक्रममा बोल्दै नेवी संघ कैलालीका अध्यक्ष मनिष कुँवरले उनलाई आगामी शैक्षिक यात्राको शुभकामना दिँदै कैलाली बहुमुखी क्याम्पसको साथै सुदूरपश्चिमकै युवाहरूका लागि धरणीधर एक उदाहरणको पात्र भएको र यो सफलताले युवाहरूको जोश जागर थपिएको व्यक्त गरेका छन् । साथै आगामी दिनमा नेपाल विद्यार्थी संघ कैलाली सधैँ साथमा रहने प्रतिबद्धता जाहेर गरेका थिए।
सम्मान कार्यक्रममा सम्मानपत्र हस्तान्तरण गर्दै टपर भट्टले आफूलाई यो सहयोग र हौसला प्रदान गर्नुहुने सम्पूर्णमा धन्यवाद दिँदै नेवी संघ परिवारले गरेको यो सम्मानले झनै ऊर्जा थपिएको र आगामी दिनको यात्रामा अगाडि बढ्न सहज हुने आशा व्यक्त गरेका छन्। साथै आफूले यो सहयोग र हौसला प्राप्त गर्दा आफू भावुक भएको समेत उनले व्यक्त गरेका छन् र आगामी दिनमा नेवि सङ्घ परिवारलाई आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता गरेका छन्।
प्रतिक्रिया दिनुहोस्