त्रिनगर माध्यमिक विद्यालयकी शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित

धनगढी : कैलालीको धनगढीस्थित त्रिनगर माध्यमिक विद्यालयले एक जना शिक्षिकालाई सम्मानित गरेको छ। विद्यालयको ४८औँ वार्षिकोत्सवको अवसरमा  माध्यमिक तह अंग्रेजी विषय शिक्षिका श्रद्धा श्रेष्ठ सम्मानित भएकी हुन्।

त्रिनगरमा अध्ययनरत विद्यार्थीले एसईईमा अंग्रेजी विषयमा ८५.६० प्रतिशतसम्म नतिजा ल्याउन  सफल भएको भन्दै उनलाई सम्मान गरिएको विद्यालयले जनाएको छ।

SHIKHAR COOL TECH

श्रेष्ठलाई सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्री सरस्वती खड्काले सम्मान पत्रसहित दोसल्ला प्रदान गरेकी थिइन्। श्रेष्ठ निकै मिहिनेती शिक्षिका रहेको विद्यालयका प्रधानाध्यापक भूपाल खड्काले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार