अछाम जिल्ला अस्पतालमा एपेन्डिसाइटिसको शल्यक्रिया सुरु

धनगढी : अछाम जिल्ला अस्पतालमा जटिल प्रकारको शल्यक्रिया सुरु भएको छ। पहिलो पटक एपेन्डिसाइटिसको सफल शल्यक्रिया गरिएको अछाम जिल्ला अस्पतालका डा। अधिराज आचार्यले जानकारी दिए।

यसअघि शल्यक्रियाका लागि सुर्खेत, नेपालगन्ज, धनगढीसम्म पुग्नुपर्ने बाध्यता थियो। बाजुरा घर हुनुभएका ५० वर्षीय पुरुष एपेन्डिसाइटिसको शल्यक्रिया गर्दै यो सेवा सुरु भएको हो।

चिकित्सकद्वय डा. कमलेशप्रसाद यादव, डा। अधिराज आचार्यको टिमले शल्यक्रिया गरेको हो। अस्पतालले एपेन्डिसाइटिस, हर्निया, हाइड्रोसिल लगायतका शल्यक्रिया सुरु गरेको घोषण गरेको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार