कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना, २९ जना घाइते

धनगढीः कञ्चनपुरमा विप्लव कार्यकर्ता सवार बस दुर्घटना भएको छ। कैलालीको धनगढीबाट कञ्चनपुरको महेन्द्रनगर जाँदै गरेको ना ४ ख ७७५५ नम्बरको बस कलुवापुरस्थित बनरामा दुर्घटना भएको हो। धनगढीमा नेत्रविक्रम चन्द (विप्लव) को कार्यक्रममा सहभागि भएर महेन्द्रनगर फर्कदै गर्दा बस दुर्घटना भएको हो।

दुर्घटनामा २९ जना कार्यकर्ता घाइते भएका छन्। २ जनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक उमेश जोशीले बताए। घाइतेहरुलाई उपचारका लागि अत्तरिया पठाइएको उनले बताए। घटनाको विषयमा विस्तृत विवरण आउन भने बाँकी नै छ।

SHIKHAR COOL TECH

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार