गृहमन्त्री रमेश लेखक भन्छन् विकासमा राजनीति नगरौँ

कञ्चनपुर : गृहमन्त्री रमेश लेखकले विकासमा राजनीति गर्न नहुने बताएका छन् ।

बुधवार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले कसैले पनि विकासमा राजनीति गर्न नहुने बताएका हुन् ।‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको झन्डा लिएर जान्छौ चुनाव जितिसकेपछि विकासको मुद्दामा सबै मिलेर अगाडी बढ्नुपर्छ’, गृहमन्त्री लेखकको भनाइ छ । 

धनगढी सूचना

 लोकतन्त्रको विकल्प अरू कुनै व्यवस्था हुन नसक्ने भन्दै उनले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै जनताको विश्वास र भरोसा जगाउनु पर्नेमा जोड दिए । जनताको भरोस जगाउन स्थानीय सरकारको भूमिका महत्त्वपूर्ण भएकाले स्थानीय सरकारले  सहज ढङ्गले जनतालाई सेवा प्रदान गर्नुपर्ने बताए । 

‘हाँसेर बोल्दिनुस् आधा समस्याको समाधान त्यसबाटै भइहाल्छ । सेवा प्रदान गर्दा जनतालाई सबैभन्दा माथि राखेर सेवा प्रदान गर्नुहोस्’, उनले भने, ‘एमाले र कांग्रेस मिलेर सरकार बनेको छ । यो सरकार देशमा स्थिरता र सुशासन कायम राख्न बनेको हो ।’

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार