क्यान्सर पीडित नन्दादेवीलाई उपचारका लागि आर्थिक सहयोगको याचना

कञ्चनपुर : स्तनक्यान्सरबाट पीडित कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटाका ५३ वर्षीया नन्दादेवी खत्री उपचार खर्चको अभावमा रोग पालेर बस्न बाध्य भएकी छन्।

उनले दाताहरूसँग सहयोगको याचना गरेकी छन्। ‘जाथजेथा बेचेर आएको ३० लाख उपचारमा खर्च भैसक्यो, रोग निको भएको छैन’, थप खर्च नहुँदा पीडा सहनुको विकल्प नरहेको दुखेसो उनले गरिन। ‘एकसय बाख्रा थिए, ६ लाखमा बेच्यौँ, तर क्रेताले पूरा रकम दिएनन्’, ‘बाख्राको पैसा असुलीका लागि अदालतसम्म पुग्यौँ, न्याय पाएनौँ’, पीडित खत्रीका देवर गगनले भने।

एकपटकको उपचारमा ३० देखि ४० हजारसम्म खर्च हुने गरेको तथा त्यति रकम जुटाउन नसक्दा बिरामीलाई घरमा नै राख्नुपरेको बताउँदै उनले भाउजूको उपचारका लागि आफू चन्दा सङ्कलनमा जुटे पनि उपचार खर्च अपुग भएकाले दातासँग उनले सहयोगको याचना गरेका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार