गर्भावस्थाको सातौं महिनामा के हुन्छ ?

काठमाडौँ : गर्भावस्थाको सातौं महिना अर्थात् तेस्रो त्रैमासिकमा प्रवेश गर्नु भनेको महिलाका लागि सफलता हो । किनकि यो महिनासम्म आइपुग्दा उनले गर्भावस्थामा आउने आधा उतारचढाव पार गरिसकेकी हुन्छिन् ।

यो अवधिसम्म आमा र बच्चामा धेरै नै परिवर्तन आइसकेको हुन्छ । पेटको आकार बढ्नुका साथै धेरै प्रकारका शारीरिक र मानसिक परिवर्तन पनि देखिन थाल्छन् । छैठौं र सातौं महिनामा देखिने लक्षण लगभग उस्तै हुन् । तर पनि यो बेलामा भने अलि बढी मातृत्वपन आमामा आइसक्छ । किनकि यो समयमा सातौं महिनामा बच्चाले टाउको तलतिर घुमाउँछ । बच्चाको चाल सहजै अनुभव हुन्छ ।

Tihar shuvakamana
Discovery School

त्यसैले होला महिला बढी उत्सुक र बच्चाप्रति संवेदनशील पनि हुन्छिन् । महिलाको पाठेघरको ठूलो आकार प्रष्ट देखिन थाल्छ । यो महिनाको अन्तिममा बच्चा जन्मियो भने पनि बच्चा बाँच्ने सम्भावना रहन्छ ।

केकस्तो लक्षण देखा पर्छ ?

– पाठेघरको मांसपेशीहरू कडा हुन थाल्छन् । जुन पेट छुँदा पनि कडा महसुस हुन्छ ।

– गर्भावस्थाको सातौं महिनामा योनीस्राव बढ्न सक्छ । वास्तवमा, यो महिनामा बच्चाको टाउकोले दबाब दिन्छ । जसकारण स्राव बढी हुन्छ । यदि योनीस्राव खराब गन्धको छ भने चिकित्सकको परामर्श लिनुपर्छ ।

– यो महिनामा स्तनबाट पनि चुहावट हुन थाल्छ । जुन बाक्लो र पहेंलो रङको हुन्छ । प्रसवको समय आएपछि सो रङ सामान्य हुन थाल्छ ।

– गर्भावस्थाभरि नै महिलाले अपचको सामना गर्न सक्छिन् ।

– ढाड, कम्मर, हात र खुट्टामा दुखाइ हुनसक्छ ।

– खुट्टा सुन्निन्छ ।

– दिन र रातमै अत्यधिक निद्रा लाग्छ ।

– कमजोरी र थकान अनुभव हुन्छ ।

गर्भावस्थामा महिलाको शरीरमा धेरै हर्मोनल परिवर्तन हुन्छन् । यी कारणले केही सामान्य केही असामान्य परिवर्तन देखिन सक्छ । असामान्य परिवर्तन देखिएमा चिकित्सकसँग परामर्श गर्नुपर्छ ।

महिलामा देखिने परिवर्तन

– सातौं महिनामा तौल धेरै बढ्न सक्छ । तौलमा वृद्धि हुनु सामान्य हो । त्यसैले आत्तिनु आवश्यक छैन ।

– यस अवधिमा पाठेघर तन्किएर नाइटोभन्दा भन्दा माथि आउँछ । जसकारण सास फेर्न गाह्रो हुनसक्छ ।

– सातौं महिनामा स्तनको आकार पहिलेको भन्दा ठूलो र त्यसको निप्पलको रंग पनि गाढा कालो हुन्छ ।

– सातौं महिनामा पाठेघरको आकार निकै ठूलो हुन्छ । यस्तोमा हिंड्दा वा झुक्दा कठिन हुन्छ ।

– मूत्रथैलीमा दबाब हुन्छ ।

बच्चा कति विकास हुन्छ ?

– गर्भावस्थाको सातौं महिनामा बच्चाको विकास आधाभन्दा बढी हुन्छ ।

– यो महिनामा बच्चाको तौल र आकार पहिलेको भन्दा बढी हुन्छ ।

– यो महिनामा बच्चाले बाहिरी आवाज पूर्णरुपमा सुन्ने क्षमता विकास हुने, प्रतिक्रिया दिने र चल्ने गर्छ ।

– यो महिनामा बच्चाको परेला र आँखीभौं बढ्छ ।

– बच्चाले आँखा खोल्न र बन्द गर्न सक्छ ।

– यस अवधिमा बच्चाको हड्डी कडा हुन थाल्छ ।

– बच्चामा बोसोको विकास हुन थाल्छ । बच्चा औसतमा १४ इन्च लम्बाइ र ९ सयदेखि १८ सय ग्राम तौलको भइसकेको हुन्छ ।

गर्भावस्थाको सातौ महिनामा कुनकुन परीक्षण गर्नुपर्छ ?

– यो महिनामा पनि बच्चाको मुटुको धड्कन र बच्चाको अवस्था जाँच गर्नुपर्छ ।

– पिसाब परीक्षण गरी रक्तसञ्चार, पाठेघरको आकार र कुनै पनि प्रकारको संक्रमण पत्ता लगाउनुपर्छ ।

– गर्भावस्थाको सातौं महिनामा पनि रक्तचाप र मधुमेहको मात्रा परीक्षण गरिन्छ ।

कस्तो खानपिन ?

गर्भावस्थामा सन्तुलित खानेकुरा खान सकिन्छ । जसमा फलफूल, हरियो सागपात, ड्राइफ्रुट, सम्पूर्ण अन्न, प्रोटिन, डेरी उत्पादन, माछा मासु, प्रशस्त झोलिलो खानेकुरा र पर्याप्त पानी खानुपर्छ ।

यो समयमा ग्यास्ट्रिक बढ्ने वा अपचको समस्या हुने हुँदा एकैपटक पेट चर्किने गरी खानु हुँदैन । बरु, पटक-पटक केही समयको अन्तर राखेर खान सकिन्छ । राति धेरै ढिला खानु हुँदैन ।

चिकित्सकले सुझाएको यो समयमा क्याल्सियम, आइरन र भिटामिनको सप्लिमेन्टको सेवन अनिवार्य खानुपर्छ ।

व्यायाम

योग प्रशिक्षकको सहायतामा तथा चिकित्सकको सल्लाहमा हल्का खालका व्यायाम र योग गर्नु उपयुक्त हुन्छ । दैनिक हरियाली भएको समतल ठाउँमा १५ मिनेट हिंड्नु फाइदाजनक हुन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार