उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कञ्चनपुर : कञ्चनपुरमा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

स्थानीय तह उपनिर्वाचन २०८१ का लागि कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ को वडा कार्यालयमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो ।

शुक्रबार मुख्य निर्वाचन अधिकृत लीलाराज अधिकारीले बोर्ड राखेर कार्यालय स्थापना भएको घोषणा गरेका थिए । वडा नम्बर ६मा २ हजार ६ सय ६५ जना पुरुष र २ हजार ७ सय ६९ जना महिला गरी कुल ५ हजार ४ सय ३४ जना मतदाता छन ।

वडामा ६ वटा मतदान केन्द्र तोकिएका छन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार