चौकीडाडाका एक प्रहरीमाथि अभद्र व्यवहार गर्ने चुनारा विरुद्ध मुद्दा

धनगढी : कैलालीको चौकीडाडामा एक प्रहरीमाथि अभद्र व्यवहार भएको छ।

जिल्लाको गोदावरी नगरपालिकास्थित वडा नम्बर ३ चौकीडाडामा ड्युटीमा खटिएका एक प्रहरीमाथि हातपात भएको हो।

तिहारको राति ड्युटीमा रहेका चौधरी थरका प्रहरी कर्मचारीलाई स्थानीय युवाले अभद्र व्यवहार गरेका थिए। ३ जनाले सो व्यवहार गरेको भएपनि प्रहरीले भने १ जनाविरुद्ध मात्र मुद्दा चलाएको बताइएको छ।

मालाखेती प्रहरीले गोदावरी ३ कै लालबहादुर चुनारालाई अभद्र व्यवहारमा मुद्दा चलाएको हो।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार