अढाइ लाख बढीको अवैध सामान बरामद

धनगढी : कैलालीबाट प्रहरीले अढाइ लाख बढीको अवैध सामान बरामद गरेको छ ।

सोमबार धनगढी उपमहानगरपालिका – ३ मिलन चोक, गौरीगंगा नगरपालिका – २ पुरानो चौमाला बजार, टीकापुर नगरपालिका – १ लम्कीपुल स्थित टीकापुर खक्रौला सडक खण्ड र कैलारी गाउँपालिका – ७ रामपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका सामान बरामद गरिएको हो ।

Tihar shuvakamana
Discovery School

सो स्थानबाट जिल्ला प्रहरी कार्यालय कैलाली मातहत कार्यालयहरुबाट खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा २ लाख ६६ हजार ५४५ रुपैयाँ बराबरको सामान बरामद गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

जसअन्तरगत चिनी, धनियाँ, महि बनाउने मोटर, सुपारी, पानीपुरी, लेडिज सुट, सल, गम्छा, पिताम्बर कपडा, जर्जेड कपडा, प्लाष्टिक झिल्ली, प्लाष्टिक डोरी लगायतका सामानहरु बरामद गरिएको प्रहरीको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार