ओठ, जिब्रो र मुखमा बारम्बार घाउ किन आउँछ ?

एजेन्सी : अधिकाशं मानिसको मुख, जिब्रो तथा ओठमा स–साना बिबिरा, फोकाफोकी आइरहने हुन्छ । कसैको जिब्रो, कसैको ओठ, कसैको गिजा प्राय घाउँ भइरहन्छ । जसले खाना खान, बोल्न समेत समस्या हुन्छ ।

शरीरमा पोषणको कमी हुदाँ, भिटामिन बी, सी, आइरन तथा प्रोटिनको कमीले मुख, ओठ तथा जिब्रोमा घाउ आउँछ । यस्तै खाद्य विषाक्तता, सुर्ति, पानमसला, मद्यपान, र धुम्रपानका कारण ब्याक्टेरिया तथा फङगसको संक्रमण, बढि तातो र मसला, बढि अम्ल भएको खान पानको कारणले पनि मुख, ओठ, जिब्रोमा घाउ आउँछ ।

dashain shuvakamana
Discovery School

समाधानका उपाय:
– प्रशस्त पानी पिउने ।– बढि चिसो वा तातो नखाने, नपिउने ।– फलफूल तथा साग सब्जी राम्ररी चपाएर खाने ।
– मनतातो पानीमा पिटकिरी मिसाएर दैनिक ३ पटक कुल्ला गर्ने ।– चिल्लो पदार्थ बढि नखाने ।

– बिहान–बिहान उम्रको गेडागुडी खाने ।– घाउ भएको ठाउँमा मह लगाउने ।– निमको पात चपाउने ।– बदाम भिजाएर खाने ।– पानीमा तुलसीको पात राखेर कुल्ला गर्ने ।

यसका बावजुद बारम्बार समस्या भइरहेमा चिकित्सकको परामर्श लिने । विभिन्न एजेन्सीको सहयोगमा

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार