बालबालिकालाई सिकाउने पर्ने कुरा

धनगढी : बालबालिकालाई सिकाउने पर्ने संस्कारको अर्थ हुन्छ- जन्मेदेखि वयस्क हुँदासम्म उसलाई शिक्षित तथा संस्कारित तुल्याइनु । बालबालिका शिशु हुँदादेखि नै आमाबाबुका साथमा रहन्छन् । बालबालिकाहरु बाबुभन्दा पनि आमासँग अझ बढी नजिक हुन्छन् । उनीहरुले धेरै कुरा आमाबाट नै सिक्ने, पछ्याउने र अनुसरण गर्ने गर्छन् ।

सकेसम्म बालबालिकालाई वयस्क नहुञ्जेल बाबुआमाका साथमा राख्नुपर्छ । केही नलागेमा मात्र शिशु स्याहार संस्थामा भर्ना गर्नुपर्छ । तर समय(समयमा बालबालिकाको अवस्थाका बारेमा संस्थासँग बुझ्नु जरुरी हुन्छ । त्यसका लागि संस्थाका सम्वद्ध जिम्मेवार व्यक्तिसँग समय(समयमा अन्तरक्रिया गर्नुपर्छ । बाल संस्कारका लागि देहाय बमोजिम कुराहरुमा ध्यान दिनु आवश्यक छ ।

dashain shuvakamana
Discovery School

मानसिक विकास स् बालबालिकालाई बेलाबेलामा उनीहरुको मानसिक विकासका लागि उमेर र कक्षा अनुसारका प्रश्नहरु सोध्नुपर्छ । गलत जवाफ दिएमा रिसाएर होइन हाँसेर फेरि सोध्नुपर्छ । लुँडोभन्दा चेस खेलमा बढी लगाव हुने किसिमले सिकाउनुपर्छ । बाघचाल पनि मानसिक विकासका लागि उत्तम खेल मानिन्छ । सकेसम्म मोबाइलमा उपलब्ध डिजिटल गेमहरु खेल्नबाट बचाउनुपर्छ ।
मोबाइलबाट टाढा राख्ने स् हिजोआजका बालबालिकाले बाबुआमाको हातबाट मोबाइल खोस्ने र जिद्दी गर्ने देखिएको पाइन्छ ।

बाबुआमा झगडा नगर्ने स् बालबालिकाको अगाडि बाबुआमा विवाद गर्ने, झगडा गर्ने जथाभावी वाकयुद्ध गर्ने वा मनपरी बोल्ने र तल्लास्तरका शब्दहरु प्रयोग गर्नाले बालबालिकाको मनोविज्ञानमा नकारात्मक असर पर्ने सम्भावना ज्यादा रहन्छ । त्यसैले यसतर्फ विशेष ध्यान दिनु आवश्यक छ ।

घरमै शिक्षा स् बालबालिकाका लागि शिक्षादीक्षाका निमित्त पाठशालामा मात्र भर पर्नुहुँदैन । घरमा पनि बाबुआमाले उनीहरुलाई थप शिक्षा दिनुपर्छ । बाल संस्कारको यो महत्वपूर्ण पाटो पनि हो । उनीहरुका नराम्रा व्यवहारलाई हटाउने प्रयत्न गर्ने र राम्रा व्यवहारमा उत्प्रेरित गर्नुपर्छ ।

महंगो विद्यालय मात्र नरोज्ने स् महंगो विद्यालय भन्दैमा स्तरीय शिक्षा प्राप्त हुन्छ भन्ने छैन । विद्यालयको स्वरुपभन्दा पनि त्यहाँका शिक्षकको योग्यता र दक्षताबारे जानकारी लिएर मात्र विद्यालयमा भर्ना गरिदिनुपर्छ ।

सकेसम्म बोर्डर्स नगर्ने स् बोर्डर्स गरेका बालबालिका बोर्डर्स नगरेका बालबालिकाभन्दा फरक स्वभावका हुन्छन् । उनीहरुमा अभिभावकप्रतिको भावनात्मक सम्बन्ध कम हुन्छ । किनकि उनीहरु बाबुआमाको समीपमा नरहँदा आफूखुसी गर्ने बानी बसिसकेको हुन्छ । उनीहरुमा अटेरी गर्ने र भनेको नमान्ने तथा हँसमुखको अभाव हुने कुरामा कुनै सन्देह छैन ।

अभिभावकले कामलाई मात्र महत्व दिंदा र बालबालिकालाई विद्यालयमा बोर्डर्स गर्दा उनीहरुमा त्यसको नकारात्मक असर पर्छ । अभिभावकले पैसा मात्र सबथोक होइन भन्ने सोच राख्नुपर्छ ।

बाल मनोविज्ञानमा ध्यान दिने स् शब्दकोश अनुसार मनोविज्ञानको अर्थ मनमा उब्जिने विविध विचार, मनको प्रकृति, अवस्था, क्रियाकलाप आदिको विस्तृत विवेचना गर्ने विज्ञान वा शास्त्र हो । मानिसको मनको अध्ययन गर्ने विज्ञान नै मनोविज्ञान हो । बालबालिकाको मनोविज्ञानलाई नै बाल मनोविज्ञान भनिन्छ । बालबालिकाको विचार, अवस्था र क्रियाकलापबारे जानकारी हासिल गर्नु कुनै पनि अभिभावकको कर्तव्य हुन आउँछ ।

सकारात्मक सोचको विकास स् बालबालिकामा देखिने अस्वाभाविक अर्थात् नकारात्मक व्यवहारलाई न्यूनीकरण गर्नका लागि उनीहरुमा सकारात्मक सोचको विकास गर्नका निमित्त बाबुआमाले विशेष ध्यान दिनु आवश्यक हुन्छ । अभिभावकले आफ्ना बालबालिका खुसी छन् कि छैनन् उनीहरुको व्यवहार हेरेर थाहा पाउन कोसिस गर्नुपर्छ । अस्वाभाविक व्यवहार देखिएमा उनीहरुलाई सम्झाउने गर्नुपर्छ । यसका लागि बाबुआमामा कर्तव्यबोध हुनु जरुरी छ ।

नजिक विद्यालय भए बस नचढाउने स् बालबालिकाको विद्यालय नजिक छ भने उनीहरुलाई घरबाट विद्यालयसम्म हिंडेर जाने बानी बसाल्नुपर्छ । साना बालबालिकाको हकमा सुरक्षित किसिमबाट विद्यालयसम्म लैजाने र ल्याउने गर्नु उपयुक्त हुन्छ । यसबाट उनीहरुको शरीरमा कसरत पनि हुने, पाचन प्रणाली सही हालतमा रहने र बसको लागि खर्च जोगिने हुन्छ ।

सरसफाइ स् बालबालिकालाई बिहान समयमै उठ्ने बानी लगाउनुपर्छ । बिहान उठेपछि नियमित सरसफाइका लागि नियम बनाउनु उपयुक्त हुन्छ । बालबालिकाको शरीरको सरसफाइ र पोशाकको सरसफाइतिर पनि ध्यान दिनुपर्छ । साँझ(बिहानको खानापछि अनिवार्य रुपमा दाँत माझ्न लगाउनुपर्छ । गुलिया खानेकुरा कम खान लगाउने र त्यस्ता वस्तु खाँदा बित्तिकै कुल्ला गर्न लगाउने गर्नाले पछिसम्म दाँतमा समस्या नआउने हुन्छ ।

सुरक्षित भोजन स् बालबालिकाका लागि मात्र होइन समग्र परिवारकै लागि भोजन सुरक्षित, सुपाच्य, स्वास्थ्यवर्द्धक र सफा हुनुपर्छ । शक्तिवर्द्धक, बोसोयुक्त र प्रोटिनयुक्त खानेकुरा धेरै खुवाउनुहुँदैन । किनकि त्यस्ता खाना तथा खाजाले बालबालिकाको शरीर मोटो हुन गई भद्दा देखिने हुन्छ । कसैकसैले बालबच्चा मोटोघाटो भएकोमा प्रसन्न देखिन्छन् । तर यो सोच गलत हो । आवश्यकताभन्दा बढी मोटाउनु राम्रो होइन । शरीर चुस्त, दुरुस्त र छरितो हुनुपर्छ । त्यसका लागि सन्तुलित खाना खुवाउनुपर्छ ।

उग्रता नियन्त्रण स् बालबालिका जिद्दी र उग्र स्वभावका देखिएमा मीठो वचनले फकाइफुलाइ गरेर उनीहरुको मानसिकतामा परिवर्तन गर्न सकिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार