चिकित्सक हडतालमा, बिरामी मर्कामा

काठमाडौं : महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको प्रादेशिक अस्पताल जलेश्वर, महोत्तरीका चिकित्सक तथा कर्मचारीको हडतालका कारणले बिरामीहरु मर्कामा परेका छन् ।

बिहीबार अस्पताल प्रशासनले अस्पतालमा कार्यरत करारका कर्मचारीलाई म्याद थप नभएकाले कामकाज नगर्न सूचना प्रकाशन गरेपछि करारका चिकित्सक तथा कर्मचारीहरुले शुक्रबार कामकाज नगरेपछि बिरामीहरु मर्कामा परेका हुन् ।

dashain shuvakamana
Discovery School

एकातर्फ प्रादेशिक अस्पताल जलेश्वरमा कार्यरत रहेका १५ जना छात्रवृत्ति करारका चिकित्सक तथा कर्मचारीहरुले साउन महिनादेखि तलब नपाएको भन्दै हडतालको तयारीमा थिए भने अर्कोतर्फ करारका कर्मचारीको म्याद नथपिएपछि अस्पतालको कामकाज ठप्प भएको हो ।

अस्पतालको ओपिडीमा आएका बिरामीहरुलाई चिकित्सकले परीक्षण नगरेपछि बिरामी आक्रोशित भएका छन् भने असजिलो महसुस गरेका बिरामीहरुले इमर्जेन्सीमा परीक्षण गरेका थिए ।

चिकित्सकहरु ओपिडीमा नबस्दा बच्चा लिएर आएका हाडसम्बन्धी, गाइनोसम्बन्धी चेकजाँचका लागि आएका बिरामीहरु निराश देखिएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार