कस्तो मासु राम्रो र स्वस्थ हुन्छ? कसरी छान्ने?

एजेन्सी : दसैंमा मासुको खपत एकदमै धेरै हुन्छ। कतिपयले घरमै खसी काट्छन्। कसैले बजारबाट काटेर राखेको मासु किन्छन्।

राम्रो र स्वस्थ मासु छान्न सकिएन भने त्यसले शक्ति दिनुको साटो रोग निम्त्याउँछ।

उसो भए स्वस्थ मासु कसरी छान्ने? कस्तो ठाउँमा मासु किन्ने? पोलेको मासु राम्रो कि पकाएको मासु राम्रो यस विषयमा आज हामीले पशु सेवा विभागका उपमहानिर्देशक डा. विनय कुमार कर्णसँग कुरा गरेका छौं।

कर्णका अनुसार स्वस्थ मासुका लागि बजारबाट स्वस्थ खसी किनेर ल्याउनुपर्छ। झोक्राएर बसेको, आँखामा कचेरा लागेको, देख्दै बिरामी जस्तो खसी किन्नु हुँदैन।

मानिस नजिक जाँदा पशुपक्षीले गर्ने व्यवहारले पनि उक्त पशु स्वस्थ कि अस्वस्थ भन्ने कुरा पत्ता लगाउन सकिन्छ।

‘स्वस्थ खसी मान्छे नजिक पर्ने बित्तिकै मान्छेलाई सुँघ्ने, केही खान खोज्ने हुन्छन्,’ उनले भने, ‘बिरामी छ भने झोक्राएर बस्ने हुन्छ।’

त्यस्तै स्वस्थ पशुपक्षी चनाखो देखिन्छन्।

डा. कर्ण उपभोक्तालाई स्वस्थ पशुपक्षीको मासु मात्रै खान सुझाउँछन्। उनका अनुसार बिरामी पशुपक्षीको मासु खाँदा मान्छेको शरीरमा विभिन्न खाले रोग निम्त्याउँछ।

‘बिरामी पशुपक्षीको मासु खाँदा मानिसको दिमागमा एक प्रकारको जुकाले फुल पार्छ,’ उनले भने।

उपभोक्ता नठगिऊन् भनेर विभागले स्वस्थ खसीको सिङमा चिह्न समेत लगाइदिएको छ। सिङमा हरियो रङ देखियो भने त्यो स्वस्थ खसी हो। दसैंका बेलामा सबैभन्दा बढी खसी–बोका र च्यांग्रा खपत हुने भएकाले यस्ता पशुको सिङमा हरियो रङ लगाइएको हो।

यदि घरमै खसी काट्ने हो भने सफा र बलियो टायलमा काट्न डा. कर्णले सुझाएका छन्। टायलमा काट्दा ठाउँ सफा गर्न सजिलो हुन्छ। पशुपक्षीको छालामा अत्यधिक मात्रामा रोगका कीटाणु हुन्छन्। त्यो नष्ट गर्न छालामा बेसार दल्नुपर्ने उनले बताए।

‘बेसारले कीटाणु मासुमा सर्न दिँदैन,’ उनले भने।

बजारबाट मासु किन्दा पनि सफा बधशालामा काटिएको खसी मात्रै किन्नुपर्छ। सकेसम्म मासु काँचोभन्दा पनि राम्रोसँग पकाएर खाँदा स्वस्थकर हुने उनी बताउँछन्।

‘दसैंमा ठूलो परिमाणमा मासु हुन्छ। त्यसलाई पोलेर, काँचै, पकाएर र उसिनेर खान्छन्,’ उनले भने, ‘पोलेको मासु र काँचो मासु खान हुँदैन।’

धेरै मासु हुँदा सुकुटी बनाएर राख्ने र पकाएर राख्ने पनि गरिन्छ। यस्तोमा पकाएर राख्नुभन्दा काँचो मासु फ्रिजमा हालेर राख्दा राम्रो हुने उनले बताए। त्यस्तै मासु डीप फ्रिजमा राख्नुपर्छ। सबै मासु एउटै झोलामा राख्नुभन्दा एक/डेढ किलोको प्याकेट बनाएर राख्दा राम्रो हुन्छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार