प्रतिभा सामुदायिक पुस्तकालयको १५औँ साधारण सभा मंगलबार सम्पन्न

धनगढी : कैलालीको गोदावरी नगरपालिका-१ अत्तरियामा रहेको प्रतिभा सामुदायिक पुस्तकालयको १५औँ साधारण सभा मंगलबार सम्पन्न भएको छ । पुस्तकालयका अध्यक्ष पुष्पराज जोशीको सभापतित्व र नेकपा एमालेका सचिव लेखराज भट्टको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो ।

साधारण सभामा प्रतिभा सामुदायिक पुस्तकालयका १२० जना आजीवन सदस्यहरुको उपस्थिति रहेको थियो । सभाको पहिलो सत्रमा संस्थाको वार्षिक मुखपत्र ‘प्रतिभा’ अंङ्क–५ विमोचन गरिएको थियो । त्यसैगरी पुस्तकालयलाई विभिन्न किसिमले सहयोग पुर्‍याएका साहित्यकार, स्रष्टा, सर्जक तथा पुस्तकालयमा नियमित आई अध्ययन गर्ने पाठकहरुलाई सम्मान पनि गरिएको छ ।

dashain shuvakamana
Discovery School

कार्यक्रममा दुई जना पुस्तक दानदाता गोदावरी-६ बडेहाँका डा.यज्ञराज पाठक र गोदावरी-४ बास्कोटाका टेकराज भण्डारीलाई सम्मान गरिएको थियो । यस्तै, संस्थागत सम्मानतर्फ टी.भी.टुडे टेलिभिजन, गोदावरी-१ पृथ्वीनगरको पृथ्वीनगर आमासमूह र एभरेष्ट ऐकेडेमीलाई सम्मान गरिएको छ ।

स्रष्टा–सर्जक सम्मानतर्फ सुदूरपश्चिम साहित्य समाज धनगढी कैलालीका महासचिव गणेश नेपाली, धनगढी–५ तारानगरका टी.आर.पाठक, धनगढी–५जाइँका पदमराज जोशी ‘भारद्वाज’, गोदावरी-७ लालपुरका खेम बतास, कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ पचढकीका पदम राना, धनगढी–७ मनेहराकी उन्नती चौधरी, र डोटीको शिखर नगरपालिका–७ गिल्लाका तोयनाथ भट्टलाई सम्मान गरिएको छ । नियमित पाठकतर्फ गोदावरी-२ तेघरीका खडकराज जोशी र गोदावरी-४ बास्कोटाका किशोर भट्ट सम्मानित भएका छन् ।

साधारण सभाको बन्दसत्रमा पुस्तकालयका अध्यक्ष जोशीले गत आर्थिक वर्षको प्रगति प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष धर्मसिंह कुँवरले गत आर्थिक वर्षको आय–व्यय विवरण तथा आगामी आर्थिक वर्षको अनुमानित आय–व्यय विवरण प्रस्तुत गरे । कार्यक्रममा उपस्थित सम्पूर्ण आजीवन सदस्यहरुले उक्त लेखा प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्वसम्मतिले अनुमोदन गरे ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार