गड्डाचौकी र गौरीफन्टा नाकामा घर फर्किनेको चाप बढेपछि कुकुरबाट चेकजाँच गरिँदै

धनगढी : कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी सीमा नाकामा घर फर्किनेको चाप बढेपछि चेकजाँचका लागि कुकुरको प्रयोग गरिएको छ । बडा दसैँ सुरु भएसँगै जिल्लाका सीमा नाकाहरुमा स्वदेश फर्कनेहरुको घुँइचो लागेको छ ।

सोमबारदेखि नाकामा दुईवटा कुकुरको प्रयोग गरिएको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका एसपी चक्रराज जोशीले सुदूरपश्चिम प्रदेश प्रहरीको केनाईन शाखाबाट शेरा र लैला नामका कुकुर ल्याइएको बताए ।

dashain shuvakamana
Discovery School

दुबै कुकुरले गड्डाचौकी र कैलालीको गौरीफण्टा नाकामा आलोपालो जाँच गर्नेछन् । हिजो दिनभरि गड्डाचौकीमा कुकुरको प्रयोग गरेर जाँच गरिएको उनले बताए । आज गौरीफण्टामा जाँच गरिनेछ ।

भीडभाडका बेला लागुऔषध तथा अन्य अवैध मालसामान भित्रिन सक्ने भएकाले कुकुरको प्रयोग गरिएको हो । गड्डाचौकीमा खटाइएको कुकुरले एउटाले विस्फोटक पदार्थ र अर्कोले लागुऔषध पहिचान गर्छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार