धनगढी : कञ्चनपुरमा भारी वर्षा भएको छ ।
शुक्रबार बिहान २ः३० बजे कञ्चनपुरको सुन्दरपुर वर्षामापन केन्द्र आसपासको क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार थप वर्षा हुन सक्ने सम्भावना छ ।
सो क्षेत्रहरू भइ बहने सिहाली नदी, दोदा नदी र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको तथा होचो भू–भागमा डुबानको जोखिम रहेकोले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
प्रतिक्रिया दिनुहोस्