कञ्चनपुरबाट अबैंध भन्सार छली ल्याएका सामान बरामद

धनगढी : कैलाली र कञ्चनपुरबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका सामान बरामद गरेको छ । धनगढी उपमहानगरपालिका ३ ट्राफिक चौहारा, धनगढी उपमहानगरपालिका ४ बसपार्क र टीकापुर नगरपालिकाको बालुवाटारबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका १ लाख ३० हजार २० रुपैयाँ बराबरका भन्सार छलीका सामान बरामद गरिएको छ ।

जसमा चिनी, नरिवल, बिडी, सुर्ती, खानेतेल, चक्लेट, पेन्ट, हेलोजन लाईट बल्ब, चेन स्पाकेट, प्लाष्टिक झिल्ली लगायतका सामानहरु रहेको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

यस्तै प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका १७ मझगाँउ र बेलौरी नगरपालिका १ फटैयाबाट अबैंध रुपमा भारतबाट भन्सार छली ल्याएका ३८ हजार ९६० रुपैयाँ बराबरका भन्सार छलीका समान बरामद गरिएको छ । जसमा पेय पदार्थ, मोबिल, सुटपिस, लुकिङ ग्लास, ईन्जनमा हाल्ने तेल, बोईलर कुखुरा लगायतका सामानहरु रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार