मोटरसाइकलको इण्डिकेटरमा लागुऔषध ल्याएका एक भारतीय पक्राउ

धनगढी : कञ्चनपुरको बेलौरीबाट लागुऔषध खैरो हिरोइनसहित एक भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बिहान इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले ३ दशमलव ३५ मिलिग्राम लागुऔषध खैरो हिरोइनसहित भारतीय नगरिकलाई पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका(१० सडकघाट पिपलचौतारामा भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गरेका भारत जिल्ला पिलिभित हजाराथाना टिला नं ४ बस्ने अन्दाजी ३३ वर्षीय गुड्डुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय बेलडाँडीका प्रहरी निरीक्षक दिपेन्द्र चन्दले बताए ।

dashain shuvakamana
Discovery School

मोटरसाइकल अगाडिको इन्डिकेडटर (लाईट) भित्र सेतो प्लाष्टिकको सानो झिल्लिमा लुकाई राखिएको अवस्थामा लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गुड्डु बेलौरी(१० स्थित महाकाली सुगर मिलमा काम गर्ने गरेको बताइएको छ । गुड्डुमाथि थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार