अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा प्रथम सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा माविश्वरी हाँजिरी जवाफ प्रतियोगिता आयोजना हुने

स्मृति के.सी

धनगढी : सुदूरपश्चिममा रहेको बहुचर्चित कैलाली बहुमुखी क्याम्पसमा यही असोज १० गते अनेरास्ववियु सुदूरपश्चिम विश्वविद्यालय राष्ट्रिय कमिटीद्वारा प्रथम सुदूरपश्चिम स्तरीय अन्तर क्याम्पस तथा मावि स्तरीय हाजिरी जवाफ प्रतियोगिता आयोजना हुने भएको छ।

यस प्रतियोगिताको आयोजना गर्नुको मुख्य उद्देश्य विद्यार्थीहरूमा भएको क्षमता , प्रतिभाका र ज्ञानको प्रस्फुटन गर्ने रहेको छ । अनेरास्ववियु सुदूरपश्चिम राष्ट्रिय कमिटीले हरेक वर्ष विद्यार्थीहरूका यस्ता विभिन्न बौद्धिक क्षमता अभिवृद्धि गर्ने कार्यक्रमहरू गर्दै आइरहेको छ ‌ ‌ ।

SHIKHAR COOL TECH

यस प्रतियोगिताले क्याम्पस तथा मावि स्तरीय हाजिरीजवाफ गर्न लागेको हो। यस प्रतियोगिताको प्रथम पुरस्कार २१,१११ रहेको छ। , त्यसैगरी द्वितीय पुरस्कार १२,२२२ रहेको छ र तृतीय पुरस्कार ७,७७७ रहेको छ। प्रतियोगितामा आफ्नो टिम दर्ता गराउन रु २,००० तोकिएको छ ।

यस प्रतियोगितामा समावेश हुने संस्थाले एउटा संस्थाबाट बढीमा दुईवटा टिम सहभागी गराउन सक्नेछ। साथै हाजिरी जवाफ प्रतियोगितामा समावेश हुने संस्थाले असोज ८ गतेसम्म टिम दर्ता गराइसक्नुपर्ने भएको छ । कार्यक्रम बिहान १० बजेदेखि सुरु हुनेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार