धनगढी-महेन्द्रनगर द्रुत बस सेवा शुरु

कैलाली : सुदुरपश्चिम प्रदेश सरकार, सुन्दर सुदुरपश्चिम यातायात प्रालि र महाकाली यातायात प्रालिको संयुक्त साझेदारीमा आजबाट धनगढी-महेन्द्रनगर द्रुत बस सेवा संचालनमा आएको छ ।

द्रुत बस सेवाको नेपाल यातायात ब्यबसायी महासंघका प्रदेश संयोजक टेकराज जोशी, यातायात ब्यबस्था कार्यालय सेतीका प्रमुख नरेन्द्र बहादुर शाह र सुन्दर सुदुरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमराज सापकोटाले संयुक्त रुपमा उदघाटन गरेका छन ।

Dengue

सरकारी कर्मचारी, अत्यावश्यक कामका लागि पुग्नु पर्ने सर्बसाधार र यात्रुहरुको सहजताको लागि प्रदेश सरकारको आग्रहमा द्रुत बस सेवा संचालनमा ल्याएको प्रालिका अध्यक्ष सापकोटाले बताए । बसले धनगढी देखि महेन्द्रनगर र महेन्द्रनगर देखि धनगढी एकघण्टामा पुराउनेगरी यातायात संचालनमा ल्याइएको अध्यक्ष सापकोटाले बताए ।

धनगढी स्थित बसपार्कबाट बिहान ८:३० बजे छुट्ने द्रुत बस सेवा महेन्द्रनगरबाट साझ ५:३० छुट्ने संघका महासचिव सुरेन्द्र बोहराले बताए । धनगढी बसपार्कबाट छुट्ने बसले गोदावरी नगरपालिकाको अत्तरिया, कृष्णपुर नगरपालिकाको गुलरिया, शुक्लाफाटा नगरपालिकाको झलारी, बेदकोट नगरपालिकाको दैजि र भिमदत्त नगरपालिकाको बसपार्क गरि पांच स्थानबाट मात्रै यात्रुहरु चढाउने र ओराल्ने कार्य गरिने प्रालिका महासचिव बोहराले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार