राष्ट्रिय शिक्षा सम्मान – २०८१ बाट एसपीए कलेज सम्मानित

धनगढी : देशभरिकै उत्कृष्ट कलेजभित्र पर्दै धनगढीको सुदूरपश्चिममाञ्चल एकेडेमी (एसपीए कलेज) ले राष्ट्रिय शिक्षा सम्मान–२०८१  प्राप्त गरेको छ। आइतवार आयोजित एक समारोहका बिच देशभरिकै कलेजको उपस्थितिमा एसपीए कलेजलाई उक्त सम्मान प्रदान गरिएको हो। राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरेले एसपीए कलेजका मा।वि डाइरेक्टर उशा शाहुलाई उक्त सम्मान पत्र प्रदान गरेका थिए।

फोकस नेपाल नामक संस्थाले देशभरिकै शैक्षिक संस्थाहरूबिच विगतका वर्षदेखि ल्याउँदै गरेको परीक्षाफल, शिक्षा क्षेत्रबाट समाजलाई दिएको सेवा भाव त्यसको निरन्तरता लगायतका विभिन्न मापदण्डका आधारमा गरेको प्रतिस्पर्धामा एसपीए उत्कृष्ट मा।वि भित्र पर्न सफल भएको हो।

Dengue

विद्याधन सर्वधन प्रधानम् भन्ने उद्देश्यले स्थापित भई पर्याप्त भौतिक पूर्वाधार, दक्ष र अनुभवी शिक्षक शिक्षिकाहरूबाट अध्ययनरअध्यापन, समयानुकूल प्रतिस्पर्धात्मक र गुणस्तरीय शिक्षा प्रदान, अतिरिक्त क्रियाकलाप, दक्ष शैक्षिक जनशक्ति उत्पादन र देशको शिक्षा क्षेत्रमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै विगतका वर्षहरूको परीक्षाको नतिजालाई प्रमुख आधार मानेर देशभरिका माविहरूबाट उत्कृष्ट माविमा पर्न सफल भएकोमा र शिक्षा क्षेत्रबाट कलेजले दिएको सेवा भाव र त्यसको निरन्तरताको उच्च प्रशंसा गर्दै फोकस नेपालले आफ्नो १२औँ वार्षिकोत्सवको शुभ अवसरमा राष्ट्रिय शिक्षा सम्मान २०८१ प्रदान गरेको हो। 

१२ औँ वार्षिकोत्सव कार्यक्रमको अवसर पारी विभिन्न कलेजहरू लाई अवार्ड प्रदान गरेको फोकस नेपालको उक्त भव्य समारोहका प्रमुख अतिथि राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, पूर्व मन्त्री शेर बहादुर कुँवर विशिष्ट अतिथि रहेका थिए भने कार्यक्रमको अध्यक्षता फोकस नेपालका अध्यक्ष रामचन्द्र पोखरेलले गरेका थिए। 

अवार्ड ग्रहण गर्दै सुदूर पश्चिमाञ्चल एकेडेमी ९मा।वि।, एसपीए कलेज० का मा।वि डाइरेक्टर उशा शाहुले एसपीए कलेजले यो सम्मान पाउनु समग्र सुदूरपश्चिमका लागि नै गर्विलो क्षण भएको बताउँदै शैक्षिक सुधारका लागि कलेज निरन्तर प्रयत्नशील रहेको र प्रविधि मैत्री शिक्षाको आवश्यकतालाई बुझेर कलेज सिकाई सँगै कमाइको अवधारणमा काम गर्न प्रयत्नशील रहेको बताइन्। 

यस्तै, देशभरिकै सयौँ कलेजहरूलाई विभिन्न मानकहरूमा पछि पार्दै र अब्बल ठहरिँदै एसपीए कलेज उत्कृष्ट कलेजमा पर्न सफल भएको खबर हामी एसपीएको छाता भित्र जोडिएका शिक्षक विद्यार्थीहरू को लागि मात्र नभई सुदूरपश्चिम प्रदेशकै लागि गर्विलो क्षण रहेको र सम्मानले थप जिम्मेवारी बोध गराएको एसपीए कलेजका क्याम्पस प्रमुख योगराज उपाध्यायले बताए। 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार