सुदूरपश्चिममा पहिरोले बाटो छेकेपछि शिक्षक सेवा आयोगको परीक्षा दिन आइरहेकाहरू अलपत्र

धनगढी : कैलालीको धनगढीमा शनिबार बिहान ११ बजेदेखि शिक्षक सेवा आयोगको परीक्षा छ । प्राथमिक तह तृतीय श्रेणी शिक्षक पदको खुला प्रतियोगात्मक लिखित परीक्षा (विषयगत) का लागि आयोगले २० गते नै केन्द्र तोकिसकेको थियो । उक्त परीक्षाका लागि सुदूरपश्चिमबाट मात्रै एक हजार नौ सय ५६ जना परीक्षार्थी तयारीमा थिए । उनीहरूमध्ये झण्डै एक हजार चार सय परीक्षार्थी भने सुदूरपश्चिमको पहाडी सात जिल्लाका छन् ।

तर, सुदूरपश्चिमको सात पहाडी जिल्लाबाट तराइको जिल्ला कैलाली जोड्ने भीमदत्त राजमार्ग भने बिहीबार रातिदेखि पूर्ण रूपमा अवरुद्ध छ । जसका कारण परीक्षार्थीहरु भने बीच बाटोमै अलपत्र परेका छन् । बैतडीको गोकुलेश्वरबाट परीक्षा दिनका लागि धनगढी आइहेकी जानकी जोशीले आठ घण्टादेखि डडेल्धुराको साहुखर्कमा अलपत्र परेको बताइन् ।

Dengue

ञशिक्षक सेवाको परीक्षाका लागि धनगढी आउँदै थिएँ,झ उनले भनिन्, ञराजमार्ग अवरुद्ध भएपछि भोलि हुने परीक्षामा सहभागी हुन पाइँदैन जस्तो भइरहेको छ ।झ उनी सवार गाडीमा अन्य ६ जना पनि सोही परीक्षाका लागि धनगढी आइरहेका छन् ।

डडेल्धुराका लोक ठकुराठी पनि बिहान ८ बजेदेखि साहुखर्कमा अलपत्र छन् । ञशनिबार परीक्षा थियो,झ उनले भनिन्, ञतर, साहुखर्कमा ठूलो पहिरो गएपछि अलपत्र परेका छौँ ।झ उनका अनुसार दर्जनौँ सवारी साधन र सयौँ यात्रु साहुखर्कमा अलपत्र छन् । भीमदत्त राजमार्ग सुदूरपश्चिमका सात पहाडी जिल्लाबाट तराईसँग जोड्ने एकमात्र राजमार्ग हो ।

भारी वर्षापछि राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ ।  जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दीपक कार्कीका अनुसार पहिरो पन्छाउने काम जारी छ । ञवर्षा र पहिरो खस्ने क्रम अहिले पनि जारी छ,झ उनले भने, ञराजमार्ग सुचारु गर्नका लागि पनि काम भइरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार