क्विज प्रतियोगिताको ‘सिजन-४’ आयोजना गर्दै डिस्करभरी इंग्लिस बोर्डिङ स्कुल, रजिस्ट्रेसन गर्न आह्वान

धनगढी । धनगढीको डिस्करभरी इंग्लिस बोर्डिङ स्कुलले हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने भएको । धनगढी-८ कान्तिपुर टोलमा रहेको उक्त स्कुलले नगरपालिका स्तरीय हाजिरीजवाफ कार्यक्रम गर्न लागेको हो ।

स्कुलका अनुसार प्रतियोगिता भदौ २९ गते बाल दिवसको दिन आयोजना हुनेछ ।

Dengue

६०औँ राष्ट्रिय बाल दिवसको अवसरमा ‘बालबालिकामा लगानीः सुनिश्चित भविष्यको थालनी’ भन्ने राष्ट्रिय नारासहित आयोजना हुन लागेको उक्त हाजिरीजवाफ प्रतियोगितामा कक्षा ६ देखि १० सम्मका विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् । हाजिरीजवाफमा सहभागी हुने विद्यालयले सहभागी टिममा २ जना छात्रा अनिवार्य राख्नुपर्नेछ ।

आयोजकका अनुसार प्रतियोगितामा प्रथम हुने विद्यालयले ११ हजार १ सय ११ रुपैयाँ, द्वितीय हुने विद्यालयले ८ हजार १ सय ११ रुपैयाँ र तृतीय हुने विद्यालयले ५ हजार १ सय ११ रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा सहभागी हुनका लागि धनगढी उपमहानगरपालिकाभित्र रहेका माध्यामिक विद्यालयहरुले २७ गते दिउँसो ४ बजेभित्र रजिष्ट्रेसन गरिसक्नुपर्नेछ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार