‘जिगरा’ को फर्स्ट लुक पोस्टरमा यस्ती देखिइन् आलिया

एजेन्सी : बलिउड अभिनेत्री आलिया भट्ट अभिनीत फिल्म ‘जिगरा’ को फर्स्ट लुक पोस्टर सार्वजनिक भएको छ। 

अभिनेत्री आलियाले आफ्नो इन्स्टाग्राममा फिल्मको पोस्टर सार्वजनिक गरेकी छन्। सार्वजनिक पोस्टरमा आलिया हथौडा लिएर उभिएकी देख्न सकिन्छ।

‘कहानी धेरै लामो छ र भाइसँग निकै कम समय छ,’ उनले पोस्टर सार्वजनिक गर्दै लेखेक छन्। यस फिल्ममा उनी सह-निर्माताको रूपमा पनि देखिएकी छन्। यो फिल्मको कथा बास्केटबल खेलाडी बारेमा हुनेछ।

फिल्मको लागि आलिया बास्केटबल सिक्दैछिन्। फिल्ममा आलियासँगै वेदांग रैनाको पनि मुख्य भूमिका रहनेछ। यो फिल्म ११ अक्टोबरदेखि प्रदर्शन हुनेछ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार