सुदूरपश्चिमका सिमानाकाहरूमा कडाई गर्न आदेश : डीआइजी केसी

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीका प्रमुख डिआईजी रविन्द्र केसीले सीमानाकामा कडाई गराएका छन्। केसीले लगातार सीमाको निगरानीमा केन्द्रित गतिविधि बढाईरहेका छन्। यस्तै उनले मातहत प्रहरी कार्यालय र कर्मचारीलाई पनि कडाईका लागि निर्देशन दिएका छन्।

हिजोमात्रै केसीले कञ्चनपुर जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयहरूको आकस्मिक अनुगमन गरेका थिए। केसीले बुधबार इलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती, बेलौरी तथा अस्थायी ट्राफिक प्रहरी पोष्टहरूमा पुगेर अनुगमन गरेका हुन्। अनुगमनका क्रममा केसीले प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन दिए।

Dengue

साथै उनले विपद् व्यवस्थापन तथा उद्धारका लागि सदैव तत्पर रहन र भन्सार छली तथा लागू औषध नियन्त्रणमा कडाई गर्न निर्देशन दिए। उनले तस्करहरूसँगको मिलेमतो रोक्न, सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउन, गैरव्यावसायिक आर्थिक लाभ तथा लालचमा नपर्न सुझाव दिएका छन्।

यस्तै उनले नागरिकमैत्री सेवा प्रदान गर्न, अल्पसंख्यक तथा सीमान्तकृत समुदायको प्रहरी सेवामा सहज पहुँच सुनिश्चित गर्न, र स्थानीय तह तथा जनसमुदायहरूसँग समन्वय गरेर भरपर्दो शान्ति सुरक्षाको वातावरण कायम गर्न जोड दिएका छन्। डिआइजी केसीले प्रहरी नाका कडाई र तस्करी नियन्त्रणमा लागिरहेको जनाएका छन्।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार