सीमानाकामा कडाई गर्न डिआईजी केसीको निर्देशन

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक (डिआईजी) रविन्द्र केसीले सीमानाकामा कडाई गर्न निर्देशन दिएका छन् । आइतबार प्रदेश प्रहरी कार्यालय धनगढीमा आयोजित एक कार्यक्रमकाबीच डीआईजी केसीले कैलाली र कञ्चनपुरका प्रहरी प्रमुखहरूलाई सो निर्देशन दिएका हुन् ।

उनले शान्ति सुरक्षा तथा अपराध अनुसन्धानलाई थप सुदृढ एवम् प्रभावकारी बनाउनको लागि सम्पूर्ण प्रहरी कर्मचारीहरूले निष्ठावान, ईमान्दार एवं सिर्जनशील भई कार्य गर्दै अवैध भन्सार चोरी निकासी, लागूऔषध, जुवा तास तथा देह व्यापार जस्ता गैर कानुनी क्रियाकलापहरुविरुद्ध शून्य सहनशीलताका साथ प्रस्तुत हुन निर्देशन दिए ।

SHIKHAR COOL TECH

साथै डीआईजी केसीले सीमा नाकाबाट हुने अवैध भन्सार चोरी तस्करी तथा आपराधिक गतिविधिकाविरुद्व कडाइका साथ प्रस्तुत हुपनि निर्देशन दिए ।

सो कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी वरिष्ठ उपरीक्षक दिल्लीराज विष्ट समेतका प्रहरी अधिकृतहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरीक्षक राजिव बहादुर बस्नेतको सहभागिता रहेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार