आदिकविको २११ औं जन्मजयन्ती मनाइयो

काठमाडौँ : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ ।  नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी आदिकवि आचार्यको जन्मजयन्ती मनाइँदैछ । सो अवसरमा उहाँका रचना वाचन गर्ने गरिन्छ । 

आदिकवि आचार्यको जन्मजयन्तीमा नेपाल प्रज्ञा प्रतिष्ठानमा रहेको आदिकवि आचार्यको पूर्णकदको शालिकमा माल्यार्पण गरी उनको स्मरण गरिएको छ । आदिकवि आचार्यले संस्कृत भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेका थिए । आदिकविले रचना गरेका रामायण अहिले पनि नेपालीहरूको घर घरमा लय हालेर पाठ गरिन्छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार