ओलानीमा विद्युत सेवा अवरुद्ध  हुँदा खानेपानीको वितरण पनि रोकियो !

धनगढी : कैलालीको गोदावरी नगरपालिका – १०, ११ र १२ को ओलानी क्षेत्रमा विद्युत सेवा अवरुद्ध भएको छ । शनिवार देखि नै विद्युत सेवा अवरुद्ध हुँदा सो क्षेत्रमा खानेपानी वितरण पनि रोकिएको छ ।

लगातारको वर्षा सँगै विद्युत र खानेपानीको सेवा रोकिदा सो क्षेत्रको जनजीवन कष्टकर बनेको छ । गोदावरी खानेपानीका अध्यक्ष कृष्ण विकले विद्युत सेवा अवरुद्ध हुँदा खानेपानी वितरण गर्न नसकेको बताए । उनले खानेपानीको सुचारु गर्न विद्युत मोटर चल्नुपर्ने भएकाले विद्युत नहुँदा खानेपानी वितरण गर्न नसकिएको बताए । उनले विद्युतको वैकल्पिक व्यवस्था नहुँदा समस्या भएको बताए ।

Dengue

‘आज बिहान देखि सिङ्गल फेज विद्युत सुचारु भएको छ । त्यसले खानेपानीको मोटर चल्दैन’ उनले भने ‘अस्ति देखि नै विद्युत सेवा अवरुद्ध छ । सोही दिन देखि हामीले ओलानी क्षेत्रमा खानेपानी वितरण गर्न सकेका छैनौ ।’ उनले जेनरेटर नहुँदा विद्युत नभएको समयमा खानेपानी सुचारु गर्न समस्या भएको बताए ।

जेनरेटरका लागि स्थानीय सरकार सँग पटक–पटक  आग्रह गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । गोदावरी खानेपानीका करिब १ हजार उपभोक्ता रहेका छन् । ओलानीमा गोदावरी खानेपानी सहित २ वटा खानेपानी उपभोक्ता समितिले पानी वितरण गरिरहेका छन् । हाल विद्युत सेवा अवरुद्ध हुँदै दुवै खानेपानी संस्थाले सेवा दिन सकेका छैनन् ।

स्थानीय टेक विकले ८/१० लाखमा किन्न सकिने जेनरेटर खरिद गर्न स्थानीय सरकारले चासो नदिँदा पटक–पटक विद्युत अवरुद्ध हुँदा खानेपानीको समस्या झेल्नु परेको बताए । उनले खाने पानीमा जेनरेटर जडानका लागि आफूहरूले पटक–पटक माग गरे पनि अत्यावश्यक खानेपानीको लागि जेनरेटर खरिद गर्न वडा र नगरपालिकाले बेवास्ता गरेको बताए ।

‘विद्युत नहुँदा वर्षातको समयमा ओलानी क्षेत्रमा खानेपानी अवरुद्ध भएको छ । यो वर्षातका बेला कहाँबाट पानी ल्याउने ?’ उनले प्रश्न गरे ‘गोदावरी नगरपालिका  १०, ११, १२ ओलानीको प्रमुख आवश्यकता भनेको खानेपानी हो । यहाँ हेन्ड्पम्पबाट पानी आउँदैन । एउटा मात्र श्रोत भनेको अहिले चलिरहेको खानेपानी हो । जुन बिजुलीबाट चल्छ । तर, मौसम थोरै पनि गड्बडि भयपछि बिजुली  गइहाल्छ । बिजुली गएपछि खानेपानी अवरुद्ध हुन्छ ।’

वडा अध्यक्ष भीम खड्काले विद्युत अवरुद्ध हुँदा खानेपानीको पनि समस्या भएकाले विद्युत सुचारु गर्ने प्रयास भइरहेको बताए । उनले अहिले विद्युत सुचारु गर्नको लागि धनगढीबाटै विद्युतको टोली आएर मर्मतको काम गरिरहेको बताए ।

विद्युतको विकल्पका रूपमा खानेपानी सेवा नियमित सुचारु गर्न जेनरेटर आवश्यक पर्ने भएकाले त्यसका लागि पनि आफूले पहल गरिरहेको उनले बताए ।

‘यसअघि नै नगरबाट जेनरेटर खरिद गर्ने कुरा भएको थियो । तर, त्यति बेला एक संस्थाले दिने कुरा गरेपछि हामी ब्याक भयौँ’ उनले भने ‘अहिले पुनः नगर सँग मैले कुरा राखेको छु । पटक–पटक दोहरी रहने खानेपानीको समस्या समाधानका लागि पहल भइरहेको छ ।’

यता नो लाइट कार्यालय अत्तरियाले भने विद्युत तारमा रुख खसेपछि विद्युत सेवा अवरुद्ध भएको जनाएको छ । हिजो दिनभरि पानी परेकाले आज विद्युत सुचारु गर्न काम भइरहेको कार्यालयले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार