कञ्चरपुर : कञ्चरपुरको दोधारामा इतिहासकै धेरै पानी परेको छ । अर्थात् दोधारामा एक दिनमा अहिलेसम्मकै धेरै वर्षा भएको हो ।
पछिल्लो २४ घन्टामा दोधारामा ५६३ मिलिमिटर वर्षा भएको छ ।त्यस्तै कञ्चनपुरकै हनमान नगरमा पनि ५६१.४ मिलिमिटर नै वर्षा भएको छ । नेपालमा वर्षा मापन गर्न थालिएयताकै यो अति भारी वर्षा हो ।
यसअघि सन् २०१७ मा हेटौंडामा ५१६ मिलिमिटर वर्षा मापन भएको थियो ।
पछिल्लो २४ घन्टामा कञ्चनपुरको सुन्दरपुरमा ४२२ मिलिमिटर वर्षा भएको छ ।
सुदूरपश्चिम प्रदेशको अन्यत्र पनि भारी वर्षा भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्